नर्बुजी लामाले मकैबारीको विभिन्न गाउँमा गरे चुनाउ प्रचार

पंखाबारी: खरसाङ विधानसभा समष्टिको गोजमुमो विमलपन्थी उम्मेदवार नर्बु लामा आफ्नो चुनावी प्रचार गर्दै खरसाङ खण्डको मकैबारी चिया बगान अन्तर्गत चेप्टे गाउँमा आज पुगे। तिनले स्थानीय गाउँलेहरूसँग भेट गरी यसपल्टको चुनाउमा गोजमुमो विमलपन्थीको पक्षमा भोट हाल्ने आग्रह गरे। तिनले जातिको उत्थान अनि विकासको निम्ति टेबलको चिन्हमा भोट हाल्ने अनुरोध गरे। प्रार्थी नर्बुजी लामाको साथमा पार्टीको पंखाबारी-अम्बटे समष्टि संयोजक हमिङ तामाङ लगायत स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। गाउँलेहरूले यस अवधि प्रार्थी लामालाई स्वागत जनाउँदै तिनको जीतको निम्ति शुभकामना दिएर खदा लगाइदिएको भूमिका राईले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *