नर्बुजी लामाले मङपु क्षेत्रमा गरे चुनाउ प्रचार

मङ्पु : गोजमुमो बिमल खेमा खरसाङ विधानसभाका प्राथी नर्बुजी लामा आज चुनाउ प्रचार प्रसार गर्दै मङपु आइपुगे। तिनले मङपुमा स्थानीय मानिसहरूसित भेट गरेर यसपल्टको विधानसभा चुनाउमा आफ्नो चुनाउ चिन्ह टेबलमा मतदान गरेर आफूलाई विपुल मतले विजय गराउने अपील पनि गरे। यसको साथै तिनले मङ्पुमा एउटा चुनावी जनसभालाई पनि सम्बोधन गर्दै जाति र अस्मिताको निम्ति यसपल्टको विधानसभा चुनाउमा टेबलको चिन्हमा भोट दिएर विजय गराउने सम्पूर्ण जनतालाई अपील पनि गरे। पार्टी युवा मोर्चा प्रवक्ता बिवश थापाले स्वागत सम्भाषाण गरेको सभामा रिनेश शेर्पा, सुशन सुब्बा, किशोर भारती, गोर्खालीग नेता एसके प्रधान, विद्यार्थी मोर्चा नेता अनमोल थापा, दिपेन माले, नारी मोर्चा केन्द्रिय समिति प्रवक्ता बिनिता रोका आदिले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *