नरबुङ चियाबारीमा हालसम्म बिजुली बत्ती नभएको 5 वटा घरको सभासद प्रमाण रसाईलीले गरे निरीक्षण

नरबुङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा अहिलेसम्म पनि पाँचवटा घरमा बिजुली बत्ती नभएकोले बिजुली बत्ती जड़ानको लागि जीटीएको पावर विभागको विभागीय एमओडी मनोनित सभासद प्रमाण रसाईलीले निरीक्षण गरेका छन् । तिनी आज नरबुङ चियाबारीको बत्ती नभएको पाँचवटा घरको निरीक्षण गर्नलाई विभागको सहायक अभियन्ता नसिम खातुनसित आइपुगेका थिए। सभासद प्रणाम रसाइलीले नरबुङमा निरीक्षण गरेपछि आगामी बिहीबारभित्र सबै कागज पत्रहरू विभागमा बुझाएर ती पाँचवटा घरमा चाँढ़ै बिजुली बत्ती जड़ानको लागि आफ्नै कोषबाट कार्य गरिदिने बताएका छन्। नरबुङ चियाबारीमा एमओडी सभासद प्रणाम रसाइलीले निरीक्षण गरेर बत्ती जड़ानको लागि कार्य थालिदिएकोमा नरबुङ चियाबारीको तर्फबाट राजेस थापाले धन्यवाद दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *