नरबुङ चियाकमानमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम

सुकेपोखरी : गोर्खा च्यारिटेबल हस्पिटलको एउटा जनचेतना मूलक कार्यक्रम नरबुङ चियाबारी ठाड़ो डाँड़ामा सम्पन्न भयो। डीबी सुब्बाको अध्यक्षतामा कल्पना देवानले सञ्चालन गरेको उक्त कार्यक्रममा सुकुनाका को-अर्डिनेटर दुर्गा शर्माले  गोर्खा च्यारिटेबल हस्पिटल आवश्यकताबारे बताउँदै सबैलाई अघि आएर सहयोग गरिदिने अपील पनि गरे। साङठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्यबारे बताए। कार्यक्रममा क्षेत्रिय संयोजकहरू पनि चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *