नरेन्द्र मोदीले किसानहरूको हितमा कार्य गर्दैछन्: कैलाश विजयवर्गीय

नक्सलबारी: नक्सलबारी कम्युनिटी हलमा आयोजित भाजपाको कार्यक्रममा भारतीय जनता पार्टी केन्द्रीय महासचिव कैलाश विजयवर्गीय तथा कुचबिहार लोकसभा सांसद निशिथ प्रामाणिक आज आइपुगे। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जन्मदिनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले 9 करोड़ किसानहरूको ब्याङ्क खातामा 18 हजार करोड़ रुपियाँ ट्रान्सफर गरिदिएको विषयमा अवगत गराउँदै महासचिव कैलाश विजयवर्गीयले नरेन्द्र मोदी किसानहरूको हित रहेको दावी गर्दै नयाँ किसान बिल किसानहरूको हितमा रहेको बताए।


कार्यक्रममा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जन्मदिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृषकहरूसित गरेको संवाद कार्यक्रमलाई अनलाइन मार्फत देखाए। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, जिल्ला सचिव दिलीप बारोई, मण्डल अध्यक्ष मंगलू राय, युवा मोर्चा मण्डल अध्यक्ष असित मालाकार सहित धेरै संख्यामा स्थानीय कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *