नारी जनकल्याण समितिद्वारा घैयाबारीका स्कुलहरूलाई पानीको फिल्टर प्रदान

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने घैयाबारीको नारी जनकल्याण समितिद्वारा घैयाबारीका स्कुलहरूलाई पानीको फिल्टर र ग्लास सेट प्रदान गरियो। नारी जनकल्याण समिति घैयाबारीद्वारा आफ्नो सामाजिक कार्यलाई जारी राख्दै नेताजी हाई स्कुल घैयाबारी र घैयाबारी प्राथमिक पाठशालालाई पानीको फिल्टर र ग्लासको सेट प्रदान गरेको हो।


 

नारी जनकल्याण समितिका सभापति सुजता राई, सचिव रिक्की गुरुङ प्रधान, कोषाध्यक्षा सुलक्षणा गुरुङ छेत्री लगायत अन्य सदस्याहरूको उपस्थितिमा घैयाबारी प्राथमिक पाठशालाको प्रधान अध्यापक र नेताजी हाई स्कुलका शिक्षक दिनेश प्रधानलाई उक्त पानीको फिल्टर र ग्लास सेट प्रदान गरेको बताइएको छ। नारी जनकल्याण समितिद्वारा यसभन्दा अघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ भने यो संस्था घैयाबारीका नारीहरूद्वारा गठित सामाजिक संस्था हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *