नशालु औषधी सहित 2 जना युवक पक्राउ

कालेबुङ : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत मल्ली पुलिसले अवैध नशालु औषधी सहित 2 जना युवकलाई पक्राउ गरेपछि तिनीहरूलाई कालेबुङ जिल्ला थाना पठाएपछि आज कालेबुङ अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारीअनुसार मल्ली पुलिसले नाका चेकिङ अभियान चलाइरहेको समय गत राति सिक्किम निवासी 19 वर्षीय साहिल सुवेदी र कालेबुङ चन्द्रलोक निवासी 23 वर्षीय सागर मगरलाई मोठ 38 फाइल नशालु औषधि सहित पक्राउ गरिएको हो। सिलगढीदेखि सिक्किमतर्फ गइरहेको एउटा यात्रु वाहनलाई रोकेर तलासी गर्दा ती दुईजनाको ब्यागबाट उक्त नशालु औषधि उद्धार गरेको बताइएको छ। मल्ली चेकपोस्ट प्रभारी एसआई दीपक थापाको पहलमा उक्त अभियान चलाइएको थियो भने दुवै आरोपीलाई आज अदालतमा पेश गरेपछि 6 दिनको पुलिस रिमाण्डमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *