नशालु इन्जेक्शन सहित झोरु सिंह पक्राउ

नक्सलबारी (निसं): नक्सलबारी थाना पुलिसले धेरै मात्रामा नशालु इन्जेक्शन सहित दक्षिण कोटिया जोत  निवासी झोरु सिंह (42) लाई पक्राउ गरेको छ। एनडीपीएस एक्ट अन्तर्गत विभिन्न मामिला दर्ता गरेर आज तिनलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार, नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा अटलसित संलग्न इलाकामा गत राति छापामार अभियान चलाउँदा धेरै मात्रामा नशालु इन्जेक्शन उद्धार गर्नको साथै झोरु सिंहलाई पनिपक्राउ गरेको छ। पुलिसले तिनीबाट 140 वटा नशालु इन्जेक्शन  उद्दार गरेको बताइएको छ। उद्धार गरेको इन्जेक्शनको बजार मूल्य लगभग 10 हजार रूपियाँ रहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *