नशालु इन्जेक्शन र अवैध रम-रक्सीको व्यापार गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी: सिलगढी शहरलाई मादक पदार्थ मुक्त बनाउने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट लगातार अभियान चलाइ रहेको छ। यसै क्रममा भक्ति नगर थाना पुलिसले गत राति भिन्न भिन्न घटना अनुसार सादा पोशाकमा रम-रक्सीको अवैध धन्दाको खुलासा गर्नको साथै सेल्सम्यानको रूपमा नशालु इन्जेक्शन बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना पुलिसले सादा पोशाकमा गत राति सालुगढाको दुर्गा माला पथ अघि अभियान चलाएर 35 वर्षीय कालू तामाङलाई सन्देह लागेर छानबिन गर्दा तिनकोबाट लगभग 120 वटा नशालु इन्जेक्शन उद्धार गरेको छ। उद्धार गरेको नशालु इन्जेक्शन बेच्ने उद्देश्य लिएर तिनले ल्याएका थिए। पुलिसले तिनीविरूद्ध ड्रग्स एण्ड कस्मेटिक एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। अर्कोतिर, भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा प्रकाश नगर इलाकामा अभियान चलाएर खुशीलाल राय (43) लाई धेरै मात्रामा अवैध शराब रम-रक्सीको व्यवसाय गर्ने गरेको आरोपमा पक्राउ गरेको छ। पुलिसले लगभग 20 हजार रूपियाँको देशी-विदेशी रम-रक्सी पनि उद्धार गरेको छ। भक्ति नगर थाना पुलिसले पक्रा परेका दुवै आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *