नशालु इन्जेक्सनसहित ड्रग्स तस्कर पक्राउ

पानीघट्टा (निसं): पानीघट्टा आउट पेस्ट पुलिसले गोप्य सूचनाको आधारमा आज बिहान एकजना ड्रग्स तस्करलाई मोटर बाईकसँगै पक्राउ गरेको छ। पक्रा पर्ने ड्रग्स तस्कर दार्जिलिङ निवासी रहेको बताइको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवकबाट पुलिसले लगभग 500 वटा नशालु इन्जेक्सन उद्धार गर्नको साथै एउटा बाईक पनि जफत गरेको छ। पुलिसले नाका चेकिङ गरिरहेको देखेपछि पक्रा पर्ने उक्त आरोपीले पुलिसको आखाँ छलेर आधाजसो नशालु इन्जेक्सन नालामा फ्याँके तापनि पुलिसले नालाबाट ती इन्जेक्सनहरू फेला पारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *