नशालु इन्जेक्सनसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले नशालु इन्जेक्सन बिक्री गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक सिलगढीको बारीभाषा निवासी विश्वजीत रायको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा गत अबेर राति एनजेपी थाना पुलिसले सादा पोसाकमा सिलगढीको लेकटाउनमा अभियान चलाएर 85 वटा नशालु इन्जेक्सनसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका युवक धेरैदिन अघिदेखि यस प्रकारको व्यवसायमा संलग्न रहेको साथै सहरको विभिन्न ठाउँहरूमा गएर नशालु इन्जेक्सन बिक्री गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *