नशालु इन्जेक्शन सहित 3 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले नशालु इन्जेक्शनसहित तीनजना आरोपीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले  कनाई दास, समर शर्मा र मानिक दास सामेल छन् भने तीमध्ये कनाई दास, गुरुङ बस्ती, मानिक दास लखी कोलनी र समर शर्मा दशरथ पल्ली इलाकाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति गोप्य सूचनाको आधार भक्ति नगर थाना अन्तर्गत मुन्शी प्रेमचन्द कलेज संलग्न टीभी अस्पताल परिसरमा पुलिसले अभियान चलाएर लगभग 42 पीस नशालु इन्जेक्शनसहित तीनजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरूमध्ये मानिक दास र कनाई दासलाई यसभन्दा अघि पनि केही अवैध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *