नशालु पदार्थहरू र धेरै रुपियाँ सहित युवक पक्राउ

नक्सलबारी (निसं) : नशालु पदार्थहरू अनि धेरै मात्रामा नगदी रुपियाँ सहित मिन्टु सरकार नाम गरेका एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने नक्सलबारीको दक्षिण कोटिया जोत निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारीको अटल इलाकामा मादक पदार्थ बिक्री गरिरहेको समय मिन्टु सरकारलाई पुलिसले पक्राउ गरेको हो।  आरोपीबाट पुलिसले 20 ग्राम ब्राउन शुगर, 30 बोतल कफ सिरप अनि 3 लाख 81 हजार 100 रुपियाँ उद्धार गरेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। नक्सलबारी पुलिस घटनाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *