नशालु पदार्थहरूको रोकथाम साथै जब्बारलाई पक्राउ गर्ने मागमा प्रधान नगर थाना घेराउ

सिलगढी : सिलगढीमा हाल नशालु पदार्थको सेवन तथा किनबेचको ब्यापार जोडतोडले चलिरहेको छ। सहरको अधिक जसो ठाउँहरूमा नशालु पदार्थहरू सहजै पाइने हुनाले शिक्षित- अशिक्षित युवा-युवतीहरूले हाल नशालु सेवनको लतमा परेर जीवन बर्बाद गरिरहेका छन्। पुलिस प्रशासनले पनि यसको     लागि रोकथाम गर्न सटिक पहल चाल्न नसकेको देखिन्छ। यसैले विशेष गरेर युवा पिँढीलाई यस्तो नराम्रो कुसंस्कार तथा नशालु पदार्थको लतबाट बचाउनको लागि स्थानीय मानिसहरूले आवाज उठाउन थालेका छन्। सिलगढी नगर निगमको 3 नम्बर वार्डका स्थानीय वासिन्दाहरूले तिनीहरूको वार्डमा ड्रग्सदेखि लिएर गाँजा समेतको खुल्ला रूपमा किनबेच भइरहेको बताएका छन्। तिनीहरूको भनाई अनुसार स्थानीय युवा पिँढी नशालु पदार्थको दलदलमा फँसिरहेका छन् तर पुलिस मौन छ।


तीन नम्बर वार्ड निवासी मोहम्द जब्बार यस नशालु धन्दाको प्रमुख रहेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यस धन्दाको विरोध गर्दा जब्बारले एकजना युवकलाई मरूञ्जेलसम्म कुटाइ गरेको साथै अन्य तिनको एकजना साथीलाई पनि कुटपिट गर्दा तिनी भागेर भाग्यले बाँचेको बताइएको छ। स्थानीय आक्रोशित मानिसहरूले आज यसको विरोध जनाउँदै प्रधान नगर थानामा गएर घेराउ गर्दै मोहम्मद जब्बारको विरूद्ध एउटा अभियोग दर्ता गरे। पुलिसले मोहम्मद जब्बारलाई आउँदो 12 घण्टाको अवधिसम्म पनि पक्राउ नगरे गाउँलेहरू थाना सामु धरनामा बस्ने साथै वृहत आन्दोलन गर्ने चेतावनी दिएका छन्। अर्कोतिर, थानाका आईसीले आरोपी जब्बारलाई शिघ्रै पुलिसले पक्राउ गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *