नशालु पदार्थसहित अखाली खातुन पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पीपी पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर नशालु पदार्थसहित अखाली खातुन नाम गरेकी महिलालाई पक्राउ गरेको छ। पुलिसले आरोपी महिलाबाट 131 पिस इन्जेक्शन र 131 पिस कफ सिरप उद्धार गरेको छ। पानीट्याङ्की पीपी पुलिसले नशालु पदार्थ सहित पक्रा परेकी उक्त महिलालाई खोरीबारी थानालाई सुम्पिदिएको छ। यसपछि खोरीबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *