नशालु पदार्थसहित एकजना पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पीपी पुलिसले नशालु पदार्थसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 22 वर्षीय मनाज सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पीपी पुलिसले क्वार्टर मोड़ प्रसादूजोत नजिक अभियान चलाएर एकजना युवकलाई रोकेर छानबीन गर्दा मादक पदार्थ, 22 बोतल कफ सिरप, 29 हजार रुपियाँ नगद राशि, एउटा मोटरसाइकल र एउटा मोबाइल फोन जफत गरेको छ। खोरीबारी थानाले आज पक्रा परेका युवकलाई सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *