नशालु पदार्थसहित लोग्ने-स्वास्नीलाई पक्राउ

नक्सलबारी: गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले अभियान चलाएर नशालु पदार्थसहित लोग्ने –स्वास्नीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद आलम र तिनकी स्वास्नी सायरा बानो सामेल छन् । प्राप्त जानकारी अनुसार नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा नक्सलबारी खालबस्तीमा अभियान चलाएर लगभग 512 ग्राम ब्राउन शुगर, 55 ग्राम कोकीन, एक लाख रूपियाँ अनि दुईवटा मोबाइल जफत गरेको छ। यसको साथै लोग्ने–स्वास्नीलाई पनि पक्राउ गरेको छ। आवश्यक कार्यवाही गरेपछि पक्रा परेका दुवै लोग्ने–स्वास्नीलाई आज सिलगढी न्यायालयमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *