नशालु ट्याबलेट, कफ सिरपसहित 2 युवक पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले अवैध नशालु ट्याबलेट, कफ सिरपसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरू क्रमैले रूपेश सुब्बा (30) र अर्जुन सिंह (29) सामेल छन्। गोप्य सूचनाको आधारमा पुलिसले हिजो सालुगढा संलग्न इलाकाबाट 500 पिस नशालु ट्याबलेट, 20 बोतल कफ सिरप सहित उक्त दुई युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *