नशालु ट्याबलेटसहित नेपालका दुई युवक पक्राउ 

देवीगञ्ज : भारत-नेपाल सिमाना क्षेत्रमा पर्ने देवीगञ्ज पुलिसले सिन्घियाजोतबाट दुईजना नेपालका युवकलाई धेरै मात्रामा नशालु ट्याबलेट तथा इन्जेक्शनसहित पक्राउ गरेको छ। देवीगञ्ज पुलिस थानाका इञ्चार्ज अशोक अधिकारीले दिएको जानकारी अनुसार दुईजना नेपालका वासिन्दा क्रमैले दमक झापाका नरबहादुर भूजेल र अर्जुन कालीकोटेलाई सिन्घियाजोतबाट पक्राउ गरेको छ।


तिनीहरूबाट पुलिसले फेनर्गन 280 वटा, लुपीक एजीस 45 वटा, नाइट्रोसन ट्याबलेट 16 वटा उद्धार गरेको छ। पक्रा परेका दुवैजनालाई अग्रिम कार्वाहीको लागि अदालतमा पठाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *