नशालु ट्याबलेटसहित 4 पक्राउ

अलिपुरद्वार : जयगाउँ थाना पुलिसले अलिपुरद्वार जिल्लाको भारत-भुटान सीमावर्ती क्षेत्र जयगाउँमा अभियान चलाएर धेरै मात्रामा नशालु ट्याबलेटसहित 4 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले प्रदीप प्रधान, राकेश साहनी, विनोद खारोयार र डाकमान गोले सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति यी चारजना युवकहरू साइकलमा सवार भएर नशालु ट्याबलेट बिक्री गरिरहेको गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर धेरै मात्रामा नशालु ट्याबलेटसहित 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *