नशालु ट्याबलेट सहित दुईजना व्यवसायी पक्राउ

सिलगढी: प्रतिबन्धित ट्याबलेट सिलगढी भक्तिनगर थानाको पुलिसले दुईजना नशालु पदार्थ बिक्री गर्ने व्यवसायीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मुन्ना कर्मकार र तरुण राय सामेल छन्। प्राप्त जानकारी अनुसार, गत राति भक्तिनगर थानाको पुलिसले यहाँको 41 नम्बर वार्डको शास्त्रीनगर इलाकाबाट नशालु पदार्थ बिक्री गर्नेहरूलाई पक्राउ गरेको हो। यी दुवैले स्कूटीको सहयोगमा मादक पदार्थहरू डिलेवरी गर्दथे। पुलिसले तिनीहरूबाट धेरै मात्रामा प्रतिबन्धित नशालु ट्याबलेट उद्धार गरेको बताइएको छ। आज तिनीहरूलाई जलपाइगडी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *