नशालु ट्याबलेट सहित 4 जना पक्राउ

सिलगढी : नशालु ट्याबलेट सहित 4 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मुर्शिदाबाद जिल्ला निवासी आलम शेख, राजु शेख, अब्दुल राकिब र रिपन शेख सामेल छन्।


गोप्य सूत्रको आधारमा स्पेसल टाक्स फोर्सले जोटियाकाली इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 50 हजार नशालु ट्याबलेट उद्धार गर्नको साथै 4 जना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार जफत गरेको उक्त नशालु ट्याबलेट गुवाहाटीबाट तस्करी गर्ने उद्देश्यले यहाँ ल्याइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *