नशालु ट्याबलेट सहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाकर गणेश घोष कोलोनी इलाकाबाट राजू बराईकलाई नशालु ट्याबलेट सहित पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका राजू बराईकले अफ्नो घरबाट नशालु ट्याबलेटको व्यवसाय गर्दै आइरहेका थिए। यसबारे जानकारी पाएर पुलिसले अभियान चलाउँदा तिनको घरबाट 1 हजार 136 वटा नशालु ट्याबलेट उद्धार गर्नको साथै तिनलाई पनि पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गर्नको साथै आज आरोपी राजू बराईकलाई सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *