नशामुक्त पानीट्याङ्की, नशामुक्त दार्जिलिङ बनाउने उद्देश्यले जिल्ला पुलिसद्वारा सचेतनतामूलक ‍र्‍याली

नक्सलबारी : नशामुक्त पानीट्याङ्की, नशामुक्त दार्जिलिङ बनाउने उद्देश्य लिएर दार्जिलिङ जिल्ला पुलिसको तर्फबाट आज पानीट्याङ्कीमा सचेतनतामूलक र्‍यालीको आयोजना गरियो। पानीट्याङ्की आउट पोस्टमा आज नशामुक्त पानीट्याङ्की बनाउने उद्देश्यले विभिन्न स्वयम्‌सेवी संगठन, स्थानीय मानिस, राजनीतिक व्यक्तित्व, स्कुलका विद्यार्थीहरूलाई शपथ ग्रहण गराइयो। जिल्ला पुलिसको तर्फबाट बताएअनुसार यदि नशालु पदार्थ बिक्री गरेको तथा कसैलाई मातेको अवस्थामा भेट्टाए 78118-68911 मा साधारण मानिसहरूले सम्पर्क गरेर अथवा म्यासेज मार्फत् अभियोग गर्न सक्नेछन्। उक्त र्‍यालीमा जिल्ला पुलिस सुपर डा. सन्तोष निम्बालकर, जिल्लाशासक एस पन्नमबलम, अतिरिक्त पुलिस सुपर, ग्रामीण डीएसपी, नक्सलबारीका सीआई, नक्सलबारी तथा खोरीबारीका बीडीओ, ब्लक स्वास्थ्य अधिकारी लगायत अन्य उपस्थित थिए। सबैको सहयोगमा नशामुक्त पानीट्याङ्की, नशामुक्त दार्जिलिङ बनाउने जिल्लाशासकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *