नशा उन्मूलन अभियान अन्तर्गत पोख्रेबुङमा सचेतना कार्यक्रम

सुकेपोखरी : पोख्रेबुङ एकता परिवारको तत्वावधान तथा दार्जिलिङ सेवा संस्था कृपा फाउण्डेसन दार्जिलिङ तथा अनुज्ञालय डीएसएसएस दार्जिलिङको पहलमा नशा उन्मुलन अभियान शुरू गरिएको छ। यस अभियान अन्तर्गत आज र हाटबजार सार्वजनिक भवनमा सचेतना कार्यक्रम सम्पन्न भयो। एकता परिवार अध्यक्ष दिपेन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शरण थुलुङले सञ्चालन गरेका थिए। सरोज लामाको स्वागत सम्बोधनपछि शुरू भएको कार्यक्रममा दार्जिलिङ पुलिसका ओसी छिरिङ छोडेन शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थिति थिए। विभिन्न संघ-संस्था, सङ्गठनका प्रतिनिधि, शैक्षिक केन्द्रका पूर्व एवम् कार्यरत शिक्षणकर्मी, गोर्खा जनमुक्ति मोर्चा नेतृत्ववृन्द तथा अन्यको उपस्थितिमा सम्बोधन गर्दै ओसी छिरिङ छोडेन शेर्पा, डीएसएस संस्थापिका एवम् अध्यक्ष शशी योञ्जन, कृपा फाउण्डेसन काउन्सिलर धिरज प्रधान र शिबु थामी तथा अनुज्ञालय दार्जिलिङका चाइल्ड प्रोटेक्सन अफिसर तेजकुमार थापाले नशालु पदार्थ, यसको ओसार प्रसार तथा सेवन आदिको नियन्त्रणमा के कस्तो पहल गर्न सकिन्छ भन्नेबारे प्रभावशाली मन्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *