नेशनल कन्फरेन्स अध्यक्ष डा. फारूख अब्दुल्ला दार्जिलिङमा

दार्जिलिङ : नेशनल कन्फरेन्स अध्यक्ष एवम् पूर्वोत्तर सिमान्त रेलवे संसदीय कमिटीका अध्यक्ष डा. फारूख अब्दुल्ला पहिलोपल्ट पूर्वोत्तर सिमान्त रेलवेका 40 सदस्यहरूसित आज दार्जिलिङ आइपुगेका छन्। तिनी दार्जिलिङको एउटा होटलमा सम्पन्न हुने दुई दिवसीय बैठकमा सामेल हुनको लागि दार्जिलिङ आएका हुन्। उक्त बैठक अघि डा. फारुक अब्दुलीले दार्जिलिङ सहरको परिभ्रमण गरे। तिनले दार्जिलिङको सानो रेलको आनन्द उठाउने भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ भ्रमणको समयमा तिनले पत्रकारहरूसित कुराकानी गर्दै कश्मीरबाट सोझै दार्जिलिङ आएको बताए। यहाँ रेलवेको स्थिति बुझ्न आएको साथै यसको निरीक्षण गरेपछि के सहायता गर्न सकिन्छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *