नेशनल डेन्टिस्ट डे-को उपलक्ष्यमा दाँत जाँच शिविरको आयोजना

सिलगढी : नेशनल डेन्टिस्ट डे-को उपलक्ष्यमा सिलगढी युनिक सोशल वेलफेयर सोसाइटीको पहल एवम् उत्तरबंग डेन्टल कलेज तथा अस्पतालको सहयोगमा वन बस्ती इलाकामा दाँतको जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा वन बस्ती इलाकामा धेरैजना मानिसहरूले दाँतको जाँच गराए। यस अवसरमा उत्तरबंग डेन्टल कलेजका डा. अर्घ्य रूद्र, डा. सौमिक काबासी, युनिक सोशल वेलफेयर सोसाइटीका राकेश दत्त, शुभमय सरकार, रत्नदीप, तन्मय राय, शुभजीत चाकी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *