न्याशनल फ्रन्ट अफ् इन्डियन ट्रेड युनियनद्वारा एडीआरएमलाई ज्ञापन

सिलगढी : वेतन-बोनस सटिक समयमा प्रदान गरिनुपर्ने लगायत श्रमिकहरूको सुरक्षाको मागलाई लिएर भाजपा परिचालित न्याशनल फ्रन्ट अफ् इन्डियन ट्रेड युनियनले आन्दोलन शुरू गरेको छ। यसको साथै श्रमिकहरूको विविध मागलाई लिएर संगठनको तर्फबाट आज एनजेपीको एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। संगठनका सभापति तुफान साहले बताएअनुसार केही दिन अघि एनजेपी स्टेसन परिसरमा कार्यरत श्रमिकहरूमाथि तृणमूलका केही दुष्कृतिहरूले हमला गरेका थिए। तृणमूल दुष्कृतिहरूको हमलालाई आफूहरूले त्यस समय सहन गरे तापनि अबदेखि सहन नगर्ने साथै उक्त घटनापछि श्रमिकहरूले असुरक्षित महसुस गरिरहेको तिनले बताए। यसैले चाँडै श्रमिकहरूको सुरक्षाको व्यवस्था गर्नुपर्ने मागलाई लिएर आज संगठनका सदस्यहरूले रेलवे अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको तिनले बताए। यदि भविष्यमा यस प्रकारको घटना दोहोरिए संगठनले यसको उचित जवाफ दिने श्रमिक नेता साहले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *