नेशनल गोर्खाल्याण्ड कमिटीका महासचिव डा. मुनिस तामाङले दिए राजीनामा  

सिलगढी : छुट्टै राज्य गोर्खाल्याण्डको देशव्यापी रूपमा अघि बढाउने उद्देश्य लिएर गठन गरिएको नेशनल गोर्खाल्याण्ड कमिटीका पदाधिकारीहरूले एकपछि अर्को गर्दै राजीनामा दिइरहेकोले गर्दा अब यसको अस्तित्व सङ्कटमा परेको देखिन्छ। यसै क्रममा नेशनल गोर्खाल्याण्ड कमिटी अर्थात् एनजीसी-का महासचिव डा. मुनिस तामाङले पनि आफ्नो पद सहित साधारण सदस्यबाटै राजीनामा दिए। तिनले आफ्नो राजीनामा पत्र एनजीसीका अध्यक्ष ले. जनरल शक्ति गुरूङलाई पठाइसकेको छन्। यसभन्दा अघि एनजीसीका पदाधिकारीहरू क्रमैले प्रो. श्रावण आचार्य, पी. अर्जुन, ज्वेल राई, सुकमान मोक्तान, रोशनी राई आदिले राजीनामा दिइसकेका छन्। स्मरण रहोस्, सन् 2017 मा भएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउन पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई एउटै मञ्चमा ल्याएर अविभाजित गोर्खा जनमुक्ति मोर्चाको पहलमा गोर्खाल्याण्ड मुभमेन्टको को-अर्डिनेसन कमिटी गठन गरे तापनि उक्त कमिटी सफल नभएपछि गोर्खाल्याण्ड मुद्दालाई राष्ट्रिय स्तरमा अघि बढाउने सोँच लिएर 14 सेप्टेम्बर 2017-मा नेशनल गोर्खाल्याण्ड कमिटी गठन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *