नेशनल हेल्थ मिसन अन्तर्गत जीटीए क्षेत्रको लागि नियुक्त पत्र फरवरीको पहिला सातामा प्रदान गरिने

दार्जिलिङ : नेशनल हेल्थ मिसन अन्तर्गत जीटीए क्षेत्रको दार्जिलिङ, कालेबुङ, खरसाङ तथा मिरिकको अन्तर्वार्तामा बसेकाहरूको निम्ति तिनीहरूको नियुक्ति पत्र अब आउँदो यसै हप्तामा प्रदान गरिने भएको छ। राज्यसभा सांसद तथा नेशनल हेल्थ मिसन जिल्ला अध्यक्ष शान्ता छेत्रीले एउटा भीडियो जारी गरेर आज यसबारे जानकारी गराएकी छन्। तिनले बताएअनुसार हालै नेशनल हेल्थ मिसन अन्तर्गत भएको अन्तर्वार्तामा जीटीए क्षेत्रका धेरैजनाले आवेदन गरेपछि हालै भएको अन्तर्वाताको रिजल्ट फरवरीको पहिलो सातामा जारी गरिने छ भने तीमध्ये मोठ 108 जनालाई नियुक्ति पत्र प्रदान गरिनेछ। यसैगरी, स्वास्थ्य विभागको अन्य विभिन्न रिक्त पदहरूमा पनि भविष्यमा चाँडै नियुक्ति गरिने शान्ता छेत्रीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *