नेशनल किक बक्सिङ च्याम्पियनशीप जितेकी राजगञ्जकी प्रियङ्का रायलाई तृणमूल कङ्ग्रेसद्वारा जनाइयो संवर्द्धना

राजगञ्ज राजगञ्जको सातौँ श्रेणीकी छात्रा प्रियङ्का रायले नेशनल किक बक्सिङ च्याम्पियनशीपमा पहिला स्थान ओगटेकी छन्। राजगञ्जका विधायक खगेश्वर रायले तिनको जीतको सराहना गर्दै आज तृणमूल कङ्ग्रेसको तर्फबाट प्रियङ्का रायलाई संवर्द्धना जनाइयो। राजगञ्जको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत चन्दरबारी गाउँ निवासी नौजन रायकी छोरी प्रियङ्का रायले सानैदेखि किकबक्सिङमा अंश ग्रहण गर्दै आइरहेकी छन्। गरीब परिवारकी प्रियङ्का आफ्नो लक्ष्यमा केन्द्रित रहेकोले अन्ततः तिनले सफलता प्राप्त गरिन्। जुनियर नेशनल किकबक्सिङ च्याम्पियनशीप 21 देखि 25 दिसम्बरसम्म पुणेमा आयोजित गरिएको थियो। विधायक खगेश्वर राय लगायत स्थानीय तृणमूल कङ्ग्रेसका नेताहरू प्रियङ्काको घरमा पुगेर संवर्द्धना जनाउनको साथै केही वित्तीय सहयोग प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *