नेशनल योगा च्याम्पियनशिपमा मेडल जित्ने चारजना प्रतियोगी सम्मानित

सिलगढी: कोलकातामा विवेकानन्द योग अनुसन्धान संस्थानको तर्फबाट आयोजना गरिएको दुईदिने नेशनल योगा च्याम्पियनशिपमा उत्तर बंगालका प्रतियोगीहरू जीत हासिल गर्न सफल भएका छन्।  उक्त  च्याम्पियनशिपमा सिलगढी, जलपाइगढी र कुचबिहारका कतिपय प्रतियोगीहरूले पारितोषिक जिते। दुई दिवसीय यस प्रतियोगितामा सिलगढीबाट अञ्जलि सिंहले स्वर्ण पदक अनि अंकिता चौधरीले दुई भिन्ना-भिन्नै वर्गको प्रतियोगितामा काँस्य पदक जितिन्। यसैगरी, कुचबिहारको दुलाल बर्मन र जलपाइगढीका प्रिया घोषले यस योगा प्रतियोगितामा रजत पदक हत्याए। योगा च्याम्पियनशिपमा जितेर आज चारैजना खेलाड़ी सिलगढी फर्किएपछि यहाँको 46 नम्बर वार्डका पार्षद अनि सिलगढी नगर निगमको मेयर परिषद दिलीप बर्मनले तिनीहरूलाई जातीय शक्ति संघ तथा पाठागार क्लबमा सम्मान जनाए। चारैजना खेलाडीहरूलाई पार्षदले फूलको गुच्छा, खादा प्रदान गर्नको साथै मिठाई खुवाइ दिएर सम्मान जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.