नव विवाहित जोडीले गरे अनाथहरूको सहयोग

राजगञ्ज :  नव विवाहित दम्पति प्रियङ्का सरकार र चिरनजीत घोषले आफ्नो रिसेपशनको दिन आवश्यकमन्दहरूलाई सहयोग गरे। तिनीहरूले उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज देविनगर पोस्ट अफिस मोडको एउटा अनाथ आश्रमका लगभग 30 जना नानीहरूलाई खानेकुरा साथै लुगाफाटा प्रदान गरे। नव गृहबधू प्रियङ्काले बताएअनुसार आफ्नो ससुराल पक्षको इच्छाअनुसार नै आवश्यकमन्द नानीहरूलाई खानेकुरा साथै लुगाफाटा वितरण गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *