नव दम्पतिद्वारा भोजन अनि कम्बल वितरण

सिलगढ़ी: विवाहपछि मानव जीवनमा एउटा नयाँ जिन्दगीको शुरूवात हुँदछ साथै उक्त दिनलाई प्राय: सबैजसो मानिसहरूले स्मरणीय बनाउन विविध कार्यक्रमहरू गर्ने गर्दछन्। सिलगढ़ी डाबग्रामको मजुमदार परिवारले पनि यस्तै केही गरेको छ। गत 17 जनवरीको दिन समर मजुमदार अनि सुष्मिता मजुमदार वैवाहिक बन्धनमा बाँधिए। तिनीहरूले आफ्नो विवाहमा गरीब तथा असहाय मानिसहरूको लागि केही सहयोग गर्ने अगावै सोंच राखेका थिए। यसैले गर्दा आज तिनको परिवारले 200 जना गरिबलाई भोजन खुवाए। यसवाहेक तिनीहरूलाई कम्बल पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *