नव दुलहीको बिहे भएको दुई दिनपछि अस्वाभाविक मृत्यु

सिलगढी : सिलगढी संलग्न फाँसीदेवाको झामकलाल जोत इलाकामा बिहेभोजको दिन बेहुलीको अस्वाभाविक मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत 26 फरवरीको दिन फाँसीदेवाको झामकलाल जोत इलाका निवासी निर्मल बारईसँग बिहारको कटिहार निवासी वर्षा कुमारीको बिहे भएको थियो। बिहेपछि वर्षाको शारीरिक अवस्था ठिक नभएको साथै तिनलाई भुँडी दुख्न थालेको बताइएको छ। बिहारको कटिहारबाट बिहेको लगत्तै अर्को दिनपछि गत 27 फरवरीमा सिलगढीस्थित फाँसीदेवाको झामकलाल जोतको आफ्नो घरमा ल्याएपछि शनिबार बिहान अचानक शारीरिक अवस्था बिग्रिएपछि तिनलाई मेडिकल कलेजमा लगे तापनि त्यहाँका चिकित्सकले मृत घोषित गरिदिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *