नवजात शिशुको जन्मपछि महिलाको मृत्यु, परिवारका सदस्यहरूद्वारा सिलगढी अस्पतालमा विक्षोभ

सिलगढी : चिकित्सामा लापर्वाहीले गर्दा महिलाको मृत्यु भएको आरोप लगाउँदै परिवारका सदस्यहरूले सिलगढी जिल्ला अस्पतालमा हिजो रातभरि विक्षोभ प्रदर्शन गरे। सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। प्राप्त जानकारी अनुसार हिजो बिहान शान्तिनगर निवासी पिङ्की रायले सिलगढी जिल्ला अस्पतालमा नवजात शिशुलाई जन्म दिइन्। प्रसवपछि तिनी स्वस्थ्य थिए भने परिवारका सदस्यहरू प्रसवको समय अस्पतालमै रहेका थिए। तर साँझ अचानक उक्त महिलाको मृत्यु भएको बताइएको छ। तथापि, तिनको मृत्युको सटीक कारण आफूहरूलाई अवगत नगराएको आरोप लगाउँदै परिवारका सदस्यहरूले अस्पतालमा विक्षोभ प्रदर्शन गरे। यसले गर्दा अस्पतालमा उत्तेजनाको माहौल देखा पर्‍यो। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति स्वाभाविक बनाएको बताइएको छ। मृतक महिलाकी भाउजू लक्ष्मी दासले बताएअनुसार, हिजो साँझसम्म पिङ्की राय स्वस्थ्य थिइन्। के कारणले गर्दा पिङ्कीको मृत्यु भएको भन्नेबार अस्पताल पक्षले आफूहरूलाई जानकारी नगराएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *