नव ज्योति पूर्व सैनिक समाज मगरजोङको वार्षिक कार्यक्रम

सुकेपोखरी : नव ज्योति पूर्व सैनिक समाज मगरजोङ्ग माथिल्लो विभागको वार्षिक कार्यक्रम मगरजोङ्ग बाहुन गाउँमा आज सम्पन्न भयो।  जीबी खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अवकाशप्राप्त कर्नल एमके भित्रीकोठी, विशिष्ट अतिथि कप्तान अर्पण थापा, सुवेदार सीएम तामाङ, गोजमुमो नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान, गोजमुमो नागरी धजे समष्टि सह सचिव चन्द्र राई, महकुमा समिति सदस्य योगेन प्रधान, गोजमुमो महकुमा समिति सांगठनिक सचिव प्रमोद शर्मा, इन्दिरा ओझा उच्चत्तर माध्यमिक विद्यालयका शिक्षण प्रभारी विकाश शर्मा, भोइस अफ् दार्जिलिङ विनोद स्याङदेन, राहुल खवास, प्रशान्त प्रधान, मनिल भित्रीकोठी आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्वसैनिक डीके प्रधानलाई सम्वर्द्धना जनाइयो भने मगरजोङ्ग क्षेत्रका विभिन्न कलाकारहरूद्वारा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरियो। मिरिकका चर्चित साङ्गीतिक ब्याण्ड “भाइलेट ब्याण्ड”-का कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *