नवनिर्वाचित भाजपा विधायक शिखा च्याटर्जीले कार्यकर्ताहरूसित गरिन् भेटघाट

राजगञ्ज : विधायकको रूपमा कार्यभार सम्हालेपछि डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका विधायक शिखा च्याटर्जीले फुलबारीमा पार्टीका कार्यकर्ताहरूसित भेट गरिन्। शिखा च्याटर्जी आज फुलबारी 2 नम्बर पञ्चायतको मर्डर मोड़स्थित पार्टी कार्यालय पुगेर कार्यकर्ताहरूसित भेट गर्नको साथै विभिन्न मुद्दाहरूबारे तिनीहरूसित चर्चा-परिचर्चा पनि गरिन्। तिनले पार्टीका कार्यकर्ताहरूसित वर्तमान कोरोनाको परिस्थितिबारे व्यापक चर्चा परिचर्चा गर्नको साथै इलाकामा मानिसहरूबारे जानकारी लिइन्। यसपछि तिनले आफ्नो विधानसभा क्षेत्रमा पर्ने साहुडाङ्गी इलाकाको बैतरणी श्मशान घाटको पनि निरीक्षण गरे। अर्कोतिर, भाजपा कार्यकर्ताहरूको दखल गरेको दोकान र जमिन तृणमूलले फिर्ता दिएकोमा खुसी व्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *