नवनिर्वाचित पञ्चायत सदस्यहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण शिविर सुरू

सिलगढी (निसं): पश्चिम बङ्गाल सरकारको पञ्चायत एवम् ग्रामीण विकास विभागको तत्वावधानमा साथै सिलगढी महकुमा परिषदको सहयोगमा नक्सलबारी कम्युनिटी हलमा नवनिर्वाचित पञ्चायत सदस्यहरूको द्वितीय चरणको प्रशिक्षण शिविर आजदेखि शुरू भएको छ। उक्त शिविरमा मतिगढी ब्लकको 5 जना ग्राम पञ्चायत एवम् खोरीबारी ब्लकको एक जना ग्राम पञ्चायत सदस्य पनि उपस्थित थिए। मतिगढाका बीडीओ श्रीवास विश्वासले बताए अनुसार तीन दिनसम्म चल्ने यस प्रशिक्षण शिविरमा पञ्चायत व्यवस्थाका नवनिर्वाचित सदस्यहरूलाई प्रशिक्षण दिइने छ। यस अवधि महकुमा परिषदका सभाधिपति अरुण घोष, अतिरिक्त जिल्लाशासक प्रेमकुमार बरदेवा, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, मतिगढाका बीडीओ श्रीवास विश्वास सहित अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *