नवप्रभात मोटर चालक संगठनको 14औँ स्थापना दिवस पालन

मङपु: एनएचपीसी चालकहरूद्वारा गठन गरिएको नवप्रभात चालक संघको आज सिम्ले सार्वजनिक भवनमा 14औँ स्थापना दिवस पालन गरियो। प्रमुख अतिथि एनएचपीसी मुख्य अभियन्त प्रभारी एके ग्रोबरले दीप प्रज्ज्वलन गरेपछि कार्यक्रम शुरू गरियो। कार्यक्रममा चालकहरूले गीत प्रस्तुत गरे भने स्थानीय  नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरिन्। चालक संघका सभापति अमित राईले कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रममा गीत-नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाई आयोजक समितिको पक्षबाट स्मृति चिन्ह तथा उपहार प्रदान गरेर सम्मान  जनाइयो। यसको साथै एमडी डान्स ग्रुपका निर्देशक मन्जित दर्नाल, कञ्चनजङ्घा एसएचजी पुस्मिता राईलाई पनि सम्मान जनाइयो।


दार्जिलिङ सेवा संस्थानका प्रमुख शशि योञ्जनको बाहुलीबाट वर्णमाला परिवारका संस्थापक सदस्य देवाशीष मोथे अनि पत्रकार केशर तामाङलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा विशिष्ट अतिथिहरूमा शशि योञ्जन, लिला गुरुङ, फ्रेन्सिस योञ्जन, देवाशीष मोथे, नबिन मिश्र, सीके राई, रबि राई, राहुल अमुल्य प्रधान, लक्ष्मी छेत्री, कन्चन राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *