नवराज छेत्रीको पक्षमा तीनधारे महानदी समष्टिको सिपाही धुरामा चुनावी सभा

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीको पक्षमा चुनावी सभा सम्पन्न भयो। स्थानीय आरबी प्रधानको अध्यक्षतामा अनि राजीव राईको सञ्चालनमा सम्पन्न उक्त चुनावी सभामा स्वागत सम्भाषण सजीत राईले राखेका थिए। यस चुनावी सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, महानदी तीनधारे समष्टिको प्रार्थी नवराज छेत्री आदिले वक्तव्य राखे। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, महकुमा सदस्य टङ्क शर्मा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जोनल कमिटीको सभापति गणु छेत्री र सांगठनिक सचिव जनक छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *