नवीन संघद्वारा खुट्टी पुजाको साथमा दुर्गा पुजाको तयारी

सिलगढी : सिलगढीको नवीन संघले रथ यात्राको दिन खुट्टी पुजाको आयोजना गरेर दुर्गा पुजाको तयारी शुरू गरेको छ। सिलगढीको ठुलो बजटको पुजामा नवीन संघ पनि एउटा हो। तथापि, गत 2 वर्षदेखि कोरोनाले गर्दा सामान्य रूपमा दुर्गा पुजाको आयोजना गरे तापनि हाल स्थिति सामान्य बनेकोले यस वर्ष संघको तर्फबाट 12 लाख रुपियाँको बजटमा भव्य रूपमा दुर्गा पुजाको आयोजना गरिने निर्णय लिएको छ। नवीन संघको दुर्गा पुजाले यस वर्ष 46 वर्षमा प्रवेश गरेको छ भने यस वर्षको पुजा थीम बाल्यकालको अतीत र वर्तमान रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *