नवराज छेत्रीको पक्षमा चुनाउ कार्यालयको उद्घाटन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको पक्षमा पण्डितद्वारा पूजा अर्चना गरेपछि तीनधारेमा चुनाउ कार्यालयको उदघाटन गरिएको छ। यस अवसरमा प्रार्थी नवराज छेत्रीले सबैलाई धन्यवाद दिँदै यसपालीको जीटीए चुनाउमा आफुलाई पार्टीले टिकट दिएकोले यो चुनौती रहेको र जनताको लागि कार्य गर्नलाई आफु तयार रहेको बताए। तिनले समष्टीका सबै जनतासित आफ्नो पक्षमा क्षेत्रको विकासको लागि मतदान गरेर भारी मतले विजय तुल्याइदिने अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *