नवोदय चिल्ड्रेन क्लब नागरी फार्मको स्थपना दिवस पालन

सुकेपोखरी : अनुज्ञालय दार्जिलिङ पोख्रेबुङ युनिट अन्तर्गत नवोदय चिल्ड्रेन क्लब नागरी फार्मको पहिलो स्थपना दिवस उच्चतर माध्यमिक विद्यालयमा आज पालन गरियो। सीपीडब्ल्यु दर्शना राई, तेञ्जिङ लेप्चा एवम् विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उल्लिखित चिल्ड्रेन क्लबले एक वर्षको अवधिमा गरेको क्रियाकलापलाई लिएर तयार पारिएको डकुमेन्ट्री सार्वजनिक गरियो। जागृति एनएवाईसी लगायतका चिल्ड्रेन क्लबका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रममा सांस्कृतिक र साङ्गीतिक प्रस्तुति समावेश गरिएको शुभङ्कर थापाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *