नवजात शिशुको शव उद्धार

सिलगढी: महानन्दा नदीबाट एकजना नवजात शिशुको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय केही महिलाहरूले नदीमा उक्त नवजात शिशुको शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर  शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *