नवान्न चलो अभियानलाई सफल पार्न भाजपाले शुरू गऱ्यो देवाल लेखन कार्य

सिलगढी (निसं): भाजपाले आगामी 13 सितम्बरको दिन नवान्न चलो अभियान गर्ने भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउनको लागि सिलगढी साङ्गठनिक भाजपा युवा मोर्चाले आजदेखि देवाल लेखन कार्य शुरू गरेको छ। भाजपा युवा मोर्चाका कार्यकर्ताहरूले आज सिलगढीको मतिगढा इलाकामा देवल लेखन कार्य गरे। यस अवसरमा भाजपा साङ्गठनिक युवा मोर्चाका अध्यक्ष अरजीत दास अनि राज्य सचिव गौरव लामाले भने, सीबीआई-को हातमा परेका तृणमूल नेता पार्थ च्याटर्जी र अनुव्रत मण्डल  केवल मोहरा मात्र हुन् तर  मास्टर माइण्ड अरू कोही नै छ। यसैले आगामी 13 सितम्बरको दिन घोटालाहरूको मास्टर माइण्डलाई पक्राउ गरेर जेलमा हाल्नु पर्ने माग गर्दै नवान्न चलो अभियान गरिने भएको छ। अर्कोतिर, भ्रष्ट राज्य सरकारको विरूद्ध भाजपा-ले सबै साधरण मानिसहरूलाई  नवान्न चलो अभियानमा अंश ग्रहण गरिदिने अपील पनि गरेको छ। उक्त अभियानलाई सफल बनाउनको लागि देवल लेखन कार्य शुरू गरेको पनि तिनीहरूले बताए। उक्त कार्यक्रममा मतिगढा- 2 नम्बर ग्राम पञ्चायतको विरोधी दल नेता मिठून प्रमाणिक लगायत युवा कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *