नवौंँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीको स्कुल खोल्नेबारे सभा

सुकेपोखरी : कोभिड 19- को कारण विगत वर्षदेखि बन्द रहेको शैक्षिक केन्द्रहरू पश्चिम बंगाल सरकारको निर्देश अनुरुप आगामी 13 फरवरीदेखि खोलिने भएको छ। यसै सन्दर्भमा इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयको तत्वावधानमा प्रधान अध्यापक विकाश शर्माको अध्यक्षतामा एउटा सभा आज सम्पन्न गरियो। नवौंदेखि बाह्रौं कक्षामा अध्ययनरत् विद्यार्थीका अविभावकहरूलाई लिएर सम्पन्न गरिएको सभामा आगामी 13 फरवरीदेखि विद्यालय खोलिनेबारे जानकारी गराइयो। विद्यार्थीको शैक्षिक प्रगतिलाई केन्द्र गरेर विद्यालयले सुचारु रूपमा अध्यापन शुरू गरिनेबारे उपस्थित शिक्षकहरूले प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *