नौकाघाटदेखि मेडिकलगामी सडकमा ट्राफिक नजरदारी बढाउने मागमा ज्ञापन

सिलगढी : नौकाघाट मोडदेखि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालतर्फ जाने हाईवे 2-मा प्रायःजसो सडक दुर्घटनाहरू हुने गर्दछ। यसैले सडक दुर्घटनाहरू रोक्नको लागि ट्राफिक नजरदारी बढाउने माग गर्दै आज सुश्रतनगर इलाकावासीहरू सडकमा ओर्लिएका छन्। यसको साथै तिनीहरूले मेडिकल आउटपोस्टका ट्राफिक आईसीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। ट्राफिक व्यवस्थामा सुधार ल्याउने आईसीले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *