नौकाघाटमा मूर्ति विसर्जन अवधि तनाउको माहौल

सिलगढी : विजयादशमीको राति सिलगढी संलग्न नौकाघाट मोड़मा दुर्गा माताको प्रतिमा विसर्जन अवधि तनाउको माहौल देखापर्यो। यस घटनामा एकजना नानीसहित दुईजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार हिजो साँझ विभिन्न पुजा कमिटीले शान्तिपूर्वक रूपमा मूर्ति विसर्जन गरिरहेको थियो। यस अवधि अम्बिकानगर क्लबको मूर्तिको वाहन घाटमा प्रवेश गरिरहेको समय केही नशालु युवकहरूले उक्त वाहनलाई रोकेर हमला गर्दा एकजना नानीसहित दुईजना व्यक्ति घाइते भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्यायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *