नक्सलबारी आबकारी विभागको ब्यारेकमा आगलागी

नक्सलबारी (निसं):  नक्सलबारी आबकारी विभागको ब्यारेकमा आगलागी हुँदा भागदौड मच्चियो। उक्त आगलागीमा आबकारी विभागको फर्निचर लगायत केही समानहरू जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार अधिकारीहरूले आबकारी विभागको ब्यारकमा धुँवा देखेपछि तत्कालै आगो निभाउने प्रयास गरे। यसपछि नक्सलबारी दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *